प्रधानमन्त्री कार्यालयको पुनःनिर्माण सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

गत २३ र २४ भदौको जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरिएको सिंहदरबारको पूर्व भागको पुनर्निर्माण कार्य सुरु गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सो भागमा रङरोगन गर्ने, झ्याल ढोका परिवर्तन गर्ने, एसी जडान गर्ने काम भइरहेको छ ।

क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ अन्तर्गत हाल क्षति भएका विभिन्न संरचना पुनर्निर्माण कार्य सुरु गरिसकेको छ ।

आन्दोलनका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय क्षति भएसँगै हाल प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयको नवनिर्मित भवनमा बस्दै आएको छ ।

  • ३ जेष्ठ २०८३, आईतवार १४:१३ प्रकाशित