काठमाडौं।
निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शर्मा एन्ड कम्पनीका सञ्चालक रमेश शर्मा र लामा कन्स्ट्रक्सनका पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएर सहरी विकास मन्त्रालयमा उपस्थित गराएको हो ।
मन्त्रालयको पत्रको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएर उपस्थित गराइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिएका छन् ।
आफूले लिएको ठेक्काको समयमा सम्पन्न नगरेको कसुरमा उनीहरूलाई उपस्थित गराइदिन सहरी विकास मन्त्रालयले प्रहरीलाई आग्रह गरेको थियो । दुवै जनालाई प्रहरीले गोङ्गबु क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।













