काठमाडौं ।
रोल्पामा भएको सवारी दुर्घटनामा परेर १७ जनाको ज्यान गुमेको छ ।
रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना भएको हो ।
थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबा६ जलजलातर्फ जाँदै गरेको जिप भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले बताएको छ ।
प्रहरीले अहिलेसम्म १७ जनाको ज्यान गुमेको पुष्टि गरेको छ भने दुर्घटनास्थलबाट उद्धार भइरहेको प्रहरीले बताएको छ ।
लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।













