रोल्पाको जलजलामा मेला भर्न गएकाहरु चढेको जिप दुर्घटना : १५ गम्भीर घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।

रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ । दुर्घटनामा १५ जना गम्भीर घाइते भएका छन् ।

जिप सडकबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीले घाइतेहरूको उद्धार कार्य जारी रहेको र १ जना सामान्य घाइते भएको जनाएको छ ।

दुर्घटनास्थलमा भारी वर्षा भएकोले उद्धारमा कठिनाइ भएको बताइएको छ । भोलि जलजलामा मेला लाग्ने र सोही मेला भर्न गएकाहरू चढेको जिप दुर्घटना भएको रोल्पाका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

  • १७ बैशाख २०८३, बिहीबार १६:११ प्रकाशित