काठमाडौं ।
लगातार तेस्रो कारोबार दिन बिहीबार सेयर बजार ५.७३ अंक घटेको छ ।
सो कमीपछि नेप्से परिसूचक २७३८ अंकमा झरेको छ । अघिल्लो दिन २५ तथा मंगलबार पनि २६ अंक घटेको थियो । कारोबार सुरु भएको २२ मिनेटमै नेप्से परिसूचक २७०८ अंकसम्म झरे पनि त्यसपछि गिरावट दर सम्हालिएको हो ।
कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ४ अर्ब ९८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ९१ करोडको भयो । ९८ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने १० को स्थिर रह्यो ।













