रुपन्देहीमा बस दुर्घटना : २ जनाको ज्यान गयो, २७ जना घाइते

केन्द्रभाग मिडिया

बुटवल ।

रुपन्देहीमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुटवल–बर्दघाट सडक खण्डको गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रो बस र ईभी माइक्रो एकआपसमा ठोक्किंदा दुई जनाको ज्यान गएको हो भने २७ जना घाइते भएका छन् ।

बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवल आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी माइक्रो ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरी चौकी देवदह खैरेनीका अनुसार दुर्घटनामा मृतकको नाम ठेगाना खुल्न बाँकी छ ।

  • १६ बैशाख २०८३, बुधबार १३:३३ प्रकाशित