तीन जना सवार स्कुटर दुर्घटना हुँदा दुईजनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

बुटवल ।

स्कुटर दुर्घटना हुँदा बुटवलमा दुई जनाको ज्यान गुमेको छ । पाल्पाको नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको लु ३४ प ५७६६ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बेलबासदेखि केहि माथि भ्यु प्वाइन्ट नजिकै ओरोलो सडकमा अनियन्त्रित भएर स्कुटर दुर्घटना हुँदा कपिलवस्तु बाणगंगा नगरपालिका ७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका ११ कालिका नगर रामपथकी १८ वर्षीया पूर्णिमा मगरको ज्यान गुमेको हो ।

स्कुटरमा तीन जना सवार थिए । स्कुटर चालक बाणगंगा ७, बनगाईका सोमन श्रेष्ठ गम्भीर घाइते छन् । मंगलबार साँझ पौने ७ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई तत्काल उपचारका लागि अस्पताल लगिएकोमा निशा र पूर्णिमालाई चिकित्सकले मृत घोषणा गरेको थिए ।

पछिल्लो समय पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको नुवाकोटबाट-बुटवल झर्ने कालोपत्रे र फराकिलो बने पनि अत्यन्त ओरालो र छिन छिनमै आउने घुम्तिका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

  • १६ बैशाख २०८३, बुधबार ०८:१२ प्रकाशित