यी पाँच प्रदेशमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।
आज (सोमबार) पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ ।

आज दिउँसो दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना छ ।

आज राति कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग लगायत देशको बाँकी हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

 

  • १४ बैशाख २०८३, सोमबार ०८:०२ प्रकाशित