पोखरा ।
गण्डकी प्रदेशमा सवारी दुर्घटनामा परेर चैतमहिनामा मात्रै २४ जनाको ज्यान गुमेको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक थानेश्वर चपाईका अनुसार गण्डकीका विभिन्न जिल्लामा ५५ वटा सवारीसाधन ४४ वटा दुर्घटनामा परेका हुन् । दुर्घटनामा परेर ज्यान गुमाउनेमा १८ जना पुरुष, ४ जना महिला र दुई जना बालकको ज्यान गुमेको हो ।
दुर्घटनामा परेर ५० जना घाइते भएका छन् । घाइते मध्ये २७ जना पुरुष, १५ जना महिला, ५ जना बालक र ३ जना बालिका हुन् । दुर्घटनामा ४० जना गम्भिर र १० सामान्य घाइते भएका सहायक पवक्ता प्रहरी निरीक्षक चपाईले जानकारी दिए ।
उनका अनुसार एक महिनाको अबधिमा ट्राफिक चेकजाँचका क्रममा गरिएको जरिवानाबाट मात्रै एक करोड १९ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन भएको छ । १३ हजार ७९६ सवारी साधन चेकजाँचका क्रममा कारबाहीमा परेका हुन् ।













