पूर्व उर्जामन्त्री खड्काको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकियो

केन्द्रभाग मिडिया

काठमाडौ ।

पूर्वमन्त्री दिपक खड्काको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकिएको छ ।

खड्काको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासमा पेसी तोकिएको थियो । सो रिटमाथिको सुनुवाइ केहीबेर अघि सकिएको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेका थिए । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो ।

  • २ बैशाख २०८३, बुधबार १४:१६ प्रकाशित