मनाङमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गयो

केन्द्रभाग मिडिया

मनाङ ।

नासोँ गाउँपालिका–३ धारापानीमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा मस्र्याङ्दी गाउँपालिका–९ सिम्पानी बगैँचाका अन्दाजी ३७ बर्षीय रामबहादुर गुरुङ रहेका छन्।

मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको सिमेन्ट बोकेर बेँसीसहरदेखि मनाङको कोतोतर्फ जाँदै गरेको बा प्र ०६००१ क ०४६१ नं ट्रक मंगलबार बिहान १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतक गुरुङको शव परीक्षणका लागि प्रदेश अस्पताल लमजुङ लगिएको र घट्नाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।रासस

  • १ बैशाख २०८३, मंगलवार १४:३२ प्रकाशित