‘राजनीतिमा आश्वासन र धोका जायज हुने रहेछ बल्ल बुझे : राप्रपा सांसद शाही

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले आफूले राजनीतिमा आश्वासन र धोका जायज हुने रहेछ भन्ने बल्ल बुझेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा उपसभामुखका उम्मेदवार सरस्वती लामालाई प्रस्ताव गर्दै सांसद शाहीले भने, ‘युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ भन्ने पढेको र सुनेको थिए । अहिले राजनीतिमा आश्वासन र धोका जायज हुने रहेछन् बुझ्ने मौका पाए ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति इङ्कित गर्दै यस्तो बताएका हुन् । शाहीले बिहीबार लामिछानेले आश्वासन दिएपछि उपसभामुखमा लामाले उम्मेदवारी दिएको बताएका थिए । पछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीबाट उपसभामुखका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

उनले राप्रपा प्रतिनिधि सभामा सङ्ख्यामा पनि थोरै भए पनि विचारमा बलियो रहेको बताए ।

  • २७ चैत्र २०८२, शुक्रबार १६:५८ प्रकाशित