उपसभामुखमा श्रम संस्कृतिकी रुबीलाई मत दिने रास्वपाको निर्णय

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार रूबीकुमारी ठाकुर (धनुषा) लाई मतदान गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जनाएका छन् ।उपसभामुखको निर्वाचन आज दिउँसो ४ बजे हुँदैछ ।

उपसभामुखमा श्रम संस्कृतिका ठाकुर र राप्रपाका सरस्वती लामाबिच प्रतिस्पर्धा हुँदैछ ।

  • २७ चैत्र २०८२, शुक्रबार १४:४८ प्रकाशित