काठमाडौं ।
नेपाली सेनाको सहायक रथी पदबाट उपरथी दर्जामा पदोन्नति भएका दुई सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
नेपाल सरकारको गत चैत २२ गतेको निर्णयअनुसार पदोन्नति भएका सहायक रथी पदम बहादुर बुढा (पीएचडी) र सहायक रथी पवन खत्रीलाई आज दर्ज्यानी चिन्ह लगाइएको हो।
सैनिक मुख्यालय जंगी अड्डामा शुक्रबार आयोजित एक विशेष समारोहका बिच प्रधान सेनापति महारथी अशोकराज सिग्देलले दुवै अधिकारीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। पदोन्नतिसँगै उनीहरूले नयाँ जिम्मेवारी सम्हाल्ने छन्।
उक्त समारोहमा सेनाका बलाधिकृत, रथी तथा अन्य वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो।













