राप्रपाले उपसभामुखमा उम्मेदवारी दिने, श्रमसंस्कृतिले पनि उम्मेद्वारी दियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

राप्रपाले उपसभामुख पदमा उम्मेदवारी दिने तयारी गरेको छ । राप्रपाका एक नेताका अनुसार सांसद सरस्वती लामालाई उम्मेदवार बनाउने योजना छ । लामा राप्रपाको समानुपातिक तर्फबाट सांसद बनेकी हुन् ।

प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले अब संवैधानिक व्यवस्था अनुसार फरक दल र लिंगको व्यक्ति उपसभामुख चाहिन्छ ।त्यसैले संसद्मा प्रतिनिधित्व गर्ने दलहरू मध्ये अन्य ठूला दललाई रास्वपाले समर्थन नगर्ने संकेत देखाएपछि राप्रपाका नेताहरूले रास्वपासँग संवाद गरिरहेका थिए ।

यसअघि रास्वपा सभापति रवि लामिछाने र रास्वपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीबीच कुराकानी समेत भएको थियो । पहिलोपटक संसदमा प्रवेश गरेको श्रमसंस्कृति पार्टीले पनि उपसभामुखमा उम्मेद्वारी दिएको छ । उसले वैचारिक रुपमा नै रास्वपाप्रति संसद् अहिलेबाट नै कडा रुपमा प्रश्न उठाइरहेको छ । त्यसैले रास्वपाले श्रम संस्कृति भन्दा राप्रपालाई समर्थन गर्नेतर्फ लागेको हो ।

  • २६ चैत्र २०८२, बिहीबार १३:२१ प्रकाशित