नाता,कृपा, चाप्लुसी र चाकरीवादबाट बच्न सरकारलाई महावीर पुनको सुझाव

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभा सदस्य महावीर पुनले नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादबाट बच्न सरकारलाई सुझाव दिएका छन् ।

‘नेपालमा एउटा भाइरस छ । त्यो भाइरस भनेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद हो,’ बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘यो भाइरस खासगरी नेपाल एकीकरण भएपछि रणबहादुर शाह उहाँ नावालक राजा हुनुभयो । त्यो बेलादेखि सुरु भएको हो ।’

राणा शासन अन्त्य भयो, प्रजातन्त्र, गणतन्त्र आउँदा समेत यस्तो प्रवृति रहेको भन्दै उनले यस्तो भइरसबाट सरकार, राजनीतिक दल र सांसदहरू बच्नुपर्ने उनको आग्रह छ ।

  • २५ चैत्र २०८२, बुधबार १६:२७ प्रकाशित