आफ्नो भूमिका तटस्थ, निष्पक्ष र समन्वयकारी हुने सभामुख अर्यालको प्रतिबद्धता

केन्द्रभाग मिडिया

काठमाडौं ।

सभामुख डोलप्रसाद(डीपी) अर्यालले तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख अर्यालले आफ्नो भूमिका तटस्थ, निष्पक्ष र समन्वयकारी हुने प्रतिबद्धता जनाएका हुन् ।

उनले आफूले सभामुखको आसनबाट दलगत सहभागिताका आधारमा भेदभाव नगर्ने बताए । उनले सदनलाई प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउने दायित्व सदनको हुने समेत बताए ।

सदनबाट परिणाम प्राप्तिका लागि महत्त्वपूर्ण कानुन निर्माण परिमार्जन गर्न आवश्यक रहेको बताउँदै उनले संसद्लाई निष्क्रियता नभई कार्यसम्पादनको थलो बनाउनु आवश्यक रहेको बताए ।

  • २३ चैत्र २०८२, सोमबार १४:५३ प्रकाशित