पेरिसडाँडामा नेकपाको केन्द्रीय कार्य संयोजन समिति बैठक सुरु

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक सुरु भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

यसअघि बिहीबार बसेको बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समीक्षात्मक प्रतिवेदन पेस गरेका थिए ।

समीक्षात्मक प्रतिवेदन प्रत्येक सदस्यलाई अध्ययनका लागि दिइएको छ । बिहीबारको बैठकमा पार्टी एकता र समायोजन, महाधिवेशन, आगामी कार्य योजना लगायत एजेन्डा पारित भएको थियो ।

  • २३ चैत्र २०८२, सोमबार १२:१८ प्रकाशित