राष्ट्रिय सभामा नेकपा संसदीय दलको नेतामा झक्कु प्रसाद सुवेदी

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय सभामा नेकपाले संसदीय दलको नेता चयन गरेको छ । पार्टीले राष्ट्रिय सभा सदस्य झक्कु प्रसाद सुवेदीलाई संसदीय दलको नेता चयन गरेको हो ।

दलको अध्यक्ष चयन भएका सुवेदीले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै पत्र दिएको जानकारी दिए । नेकपा राष्ट्रिय सभामा दोस्रो ठूलो दल हो ।

मन्त्रिपरिषदको सिफारिसबाट राष्ट्रपतिले मनोनीत गरेका नारायणप्रसाद दाहाल राष्ट्रिय सभा अध्यक्ष रहेका छन् ।

  • २२ चैत्र २०८२, आईतवार १४:१२ प्रकाशित