काठमाडौं ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन आफू प्रतिबद्ध रहेको बताएकी छिन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा सांसद डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्ने क्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेकी हुन् । मन्त्री गौतमले सङ्घीय संसद्ले आगामी दिनमा काम गर्ने थलोको रूपमा स्थापित गराउने गरी आफूले सहयोग गर्ने बताइन् । उनले सरकारलाई जबाफदेही बनाउन सङ्घीय संसद्को भूमिका प्रभावकारी हुनुपर्नेमा पनि जोड दिए ।
मन्त्री गौतमले जनताको आवश्यकतालाई सम्बोधन गर्न पनि कानुन निर्माण गर्ने काममा संसदमा ढिलाइ गर्ने छुट नभएको पनि स्पष्ट पारिन् ।













