सभामुख चयनको प्रक्रिया अघि बढ्यो : मनोनयन दर्ता भोलि गर्ने सहमति

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधि सभाको सभामुख चयनका लागि प्रक्रिया अगाडि बढेको छ । प्रतिनिधि सभाको बैठकमा अध्यक्षता गरिरहेका अर्जुननरसिंह केसीले संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेलाई आजै सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन् ।

बुधबार बसको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले सभामुखको निर्वाचन चैत २२ गते गर्ने सहमति गरेको थियो ।

सभामुखका लागि मनोनयन दर्ता शुक्रबार गर्ने सहमति पनि दलहरूबीच भएको छ । यही सहमति अनुरुप महासचिव पाण्डेले सूचना प्रकाशित गर्नेछन् ।

  • १९ चैत्र २०८२, बिहीबार १७:०७ प्रकाशित