एमाले राष्ट्रियसभा दलको नेतामा दंगाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले राष्ट्रियसभा दलको नेतामा प्रेम दंगाललाई चयन गरेको छ । राष्ट्रियसभा सदस्य सोमनाथ पोर्तेलका अनुसार संसदीय दल नेता रामबहादुर थापा बादलले राष्ट्रिय सभाको नेता दंगाललाई प्रतिनिधि तोकेका हुन् ।

बुधवार संसदीय दलको नेतामा थापा चयन भएलगत्तै थापाले राष्ट्रियसभा दलको नेता दंगाललाई तोकेका हुन् । संसदीय दल नेताले राष्ट्रियसभामा प्रतिनिधि तोक्ने चलन हुन्छ राष्ट्रियसभामा एमालेका १० जना सांसद छन् ।

  • १९ चैत्र २०८२, बिहीबार १२:३० प्रकाशित