एमाले सचिवालय बैठक सुरु

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । मंगलबार बिहान ११ बजेको लागि बोलाइएको बैठक करिब एक घण्टा ढिलो पार्टी कार्यालयमा सुरू भएको हो ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि दोस्रो पटक एमालेको सचिवालय बैठक बसेको हो । गत शनिबार पनि ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा सचिवालय बैठक बसेर पार्टीले विरोधका कार्यक्रम तय गरेको थियो ।

जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका ओली र गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले उनीहरुकै घरबाट शनिबार बिहान पक्राउ गरेको थियो । उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आइतबार अनुमति दिएको थियो । साथै, बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेशसमेत जारी भएको छ ।

यस पक्राउलाई एमालेले गैरकानुनी र प्रतिशोधपूर्ण भन्दै आलोचना गर्दै आएको छ । आजको बैठकमा विकसित राजनीतिक घटनाक्रम र पार्टीले लिने नीतिका सन्दर्भमा छलफल गरेर आवश्यक निर्णय लिने बताइएको छ ।

  • १७ चैत्र २०८२, मंगलवार १२:२३ प्रकाशित