लमजुङमा ट्याक्टर दुर्घटना हुदाँ १ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

पोखरा ।

लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको मर्स्याङ्दी गाउँपालिका ९ पामचोकको भित्री सडकमा खुदीबाट भलामचौरतर्फ जाँदै गरेको ग १ त ५६४६ नम्बरको ट्याक्टर सडकबाट खसेको हो ।

दुर्घटनामा ट्याक्टर चालक ताप्लेजुङ घर भई मिदिम हाइड्रोपावरको ट्रान्समिसन लाइनमा कार्यरत ३३ वर्षीय सुजन राईको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ ।

गम्भीर घाइते उनको बेंसीसहरस्थित प्रदेश अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा २ जना घाइते भएका छन् । ताप्लेजुङ घर भई मिदिम हाइड्रोपावरको ट्रान्समिसन लाइनमा कार्यरत ३२ वर्षीय दीपेश लिम्बू र ताप्लेजुङकै २६ वर्षीय सुमन राई घाइते भएका हुन् ।

उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

  • १६ चैत्र २०८२, सोमबार ११:२२ प्रकाशित