ओली रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ ।

गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओ‌लीको हकमा उनको पत्नी राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरेकी हुन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार बन्दीप्रत्यक्षीकरण निवेदनमा सोमबार सुनुवाइका लागि पेसी राखिएको छ ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक चैत १४ गते शनिबार पक्राउ परेका थिए ।

  • १५ चैत्र २०८२, आईतवार १५:४९ प्रकाशित