पोखरा।
नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ ।२४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १३ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी दिए ।
पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १० रामबजार स्थित कालिका पब्लिक कलेजमा अभियान सञ्चालन गरिएको छ ।कार्यक्रमको शुभारम्भ पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य पूर्णचन्द्र न्यौपानेले गरेका थिए ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारी, स्टाफ नर्स अनुषा भुेजल र कर्मचारी सुरज चौधरीले सहजिकरण गरेका थिए ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारीले सञ्चालन गरेका थिए ।














