पोखरा-१४ मा रहेको रामेश्वरी माविको ६१ औं अभिभावक दिवस

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा १४ मझेरीपाटनमामा रहेको रामेश्वरी माविको ६१ औं अभिभावक दिवस एवं पुरस्कार तथा छात्रवृत्ति वितरण सम्मान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कार्यक्रमको पोखरा महानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष बोधराज कार्कीले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । कार्यक्रम उद्घाटन गर्दै उनले विद्यालय सञ्चालनका लागि धेरैको सहयोग रहेको भन्दै सहयोगी प्रति आभार प्रकट गरे । जनप्रतिनिधिले दायित्व विर्से सबैले विर्सने धारणा राख्दै उनले सबैको हातेमालोले नै विद्यालयको शैक्षिक एवं भौतिक विकास हुनेमा जोड दिए ।

उनले योजना र कार्यक्रम भन्दा पनि शिक्षाको गुणस्तर कायम गरेर पुरस्कार लिने प्रबन्ध गर्नुपर्ने धारणा राखे । उनले शिक्षाको गुणस्तर बढाउनेदेखि भौतिक एवं सबै प्रकारको विकास गर्ने दायित्व स्थानीय सरकारको रहेको बताए । निजी विद्यालयले भन्दा सामुदायिक विद्यालयले दिने रिजल्टले अभिभावकमा अझै खुशी दिने उनको भनाइ थियो । उनले रामेश्वरी माविको शैक्षिक एवं भौतिक विकासमा सबै लागेको महशुस आफूलाई भएको सुनाए ।

पोखरा महानगरपालिका शिक्षा माहाशाखाका बरिष्ठ अधिकृत कृष्ण प्रसाद भण्डारीले  अभिभावक दिवस सैक्षिक, भौतिक र प्रशासनिक उपलब्धी अभिभावकसंग पस्कने अबसर रहेको बताए । उनले अभिभावक दिवस गत वर्षको यथार्थ, आगामी योजना र विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने माध्यम समेत रहेको धारणा राखे । पोखरा महानगरपालिका शिक्षा महाशाखाले विद्यालयको विवरण पुस्तिका निकालेको भन्दै उनले विद्यालयको अवस्था नियाल्न विद्यालयका शिक्षक एवं अभिभावकलाई आग्रह गरे । सिकाई उपलब्धि बढाउन र गुणस्तर बढाउन विशेष पहल गर्न उनले विद्यालय परिवारको ध्यानाकर्षण गराए । उनले विद्यार्थी भाइबहिनीहरुलाई प्रत्यक दिन नयाँ कूरा सिक्न र भविश्य निर्माण गर्न आग्रह गरे । घर नै विद्यार्थीको पहिलो पाठशाला भएकाले घरघरमा शैक्षिक वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । विद्यार्थीको क्षेमता, रुचि र चाहना अनुरुप अध्यापन गराउने उनले शिक्षकहरुलाई आग्रह गरे ।

विद्यालयका प्रधानाध्यापक पूणदिप सुवेदीले विद्यालयको आर्थिक एवं भौतिक प्रगतिको प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको भौतिक निर्माण गर्न एवं शैक्षिक विकासका लागि विभिन्न व्यक्तित्वहरुले गरेको सहयोग प्रति आभार प्रकट गरे । उनले विद्यालय स्थायनीय सरकार, अभिभावक, पूर्वविद्यार्थी एवं शुभचिन्तकहरुको सहयोगमा निरन्तर शैक्षिक एवंं भौतिक विकाश तर्फ अगाडि बढेको उल्लेख गरे ।

कार्यक्रमको अध्यक्षता गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोधराज बरालले विद्यार्थी, शिक्षक र अभिभावकका साथै स्थानीय समुदाय र सरकारको सहकार्यमा निरन्तर अगाडि बढेको उल्लेख गरे ।

कार्यक्रममा उत्कृष्ठ शिक्षकशिक्षिका, उत्कृष्ठ अभिभावक, सहयोगदाता, छात्रबृत्ति प्रदानकर्ता एवं विभिन्न अबसरमा विभिन्न ढंगले सहयोगर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । दाताहरुको सहयोगमा विद्यार्थीहरुलाई पोशाक वितरण गरिनुका साथै बिद्यालयको अतिरिक्त कृयाकलाप एवं विभिन्न प्रतियोगितामा प्रथम, दृत्तिय, तृत्तिय एवं शान्त्वना हाँसिल गर्ने विद्यार्थीहरुलाई मेडल प्रदान गरिएको थियो । कार्यक्रमको बिचबिचमा नेपाली कला र संस्कृति झल्कने नृत्य प्रस्तुत गर्दै विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए ।

सहप्रध्यापक दिलसुवा गुरुङले स्वागत गरेको कार्यक्रममा छिमेकी विद्यालय मसिना आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ तिमिल्सिना, अभिभावक लक्ष्मि विकले शुभकामना दिएका थिए भने कक्षा ११ की विद्याथी विनु गुरुङ लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन विद्यार्थीहरु राजेश विश्वकर्मा र रेखा विकले गरेका थिए ।

  • १० चैत्र २०८२, मंगलवार २२:३५ प्रकाशित