पोखरा ।
हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आँशिक बादल लाग्नेछ ।
देशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षा रहिमपातको सम्भावना छ ।
आज राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी र तराई भूभागमा आँशिक बादल लाग्नेछ छ ।
कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।














