पोखरा ।
हाल देशभर मौसम बदली (अधिकांश आकाशमा बादल लागेको) छ भने गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ रहुरीबताससहित मध्यमसम्मको वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अननुसार आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान, कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना/हुरीबताससहित मध्यम वर्षा र हिमपात हुने सम्भावना छ । कोसी, मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
आज राति पनि कोसी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ र बाँकी तराईमा आंशिक बादल लाग्नेछ। कोसी प्रदेशका केही स्थान, मधेस र बागमती प्रदेशलगायत बाँकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा अनि हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ ।
यसैबिच पोखरा उपत्यकामा पनि बिहानैदेखि मौसम धुम्म भएको छ । हल्का वर्षा समेत भएको छ । हिजो पनि देशव्यापी वर्षा भएको थियो ।













