मधेशसहित यी प्रदेशका तराईमा आज हुरी चल्ने, सतर्कता अपनाउन आग्रह

केन्द्रभाग मिडिया

पोखरा ।

मधेस प्रदेशलगायत कोसी र लुम्बिनी प्रदेशका तराईमा आज हुरी चल्ने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हुरी प्रतिघण्टा ५०-६० किमिसम्म चल्ने सम्भावना रहेको जानकारी दिएको हो ।

महाशाखाले आज बिहान ११ बजे हुरीबतारसम्बन्धी अध्यावधिक सूचना जारी गर्दै तीब्र गतिमा हुरी चल्ने हुनाले रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहने बताएको छ । त्यसबाट हुन असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

  • ६ चैत्र २०८२, शुक्रबार ११:४९ प्रकाशित