पोखरा ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।
कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । मधेश लगायत बागमती, गण्डकी र लुम्बनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग साथै बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।
कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र बागमती प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन रचट्याङ्सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।














