धादिङ बस दुर्घटना : थप एक जनाको उपचारको क्रममा ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

धादिङमा भएको बस दुर्घटनामा परेर घाइते भएका एकजना यात्रुको उपचारको क्रममा काठमाडौंमा ज्यान गएको छ ।

ज्यान गुमाउनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ घर भएका ४५ वर्षीय घनश्याम सुवेदी छन् । उपचारको क्रममा उनको ट्रमा सेन्टरमा ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले बताए ।

फागुन ११ मा बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिको चरौदी नजिक ग २ ख १४२१ नम्बरको बस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या २० पुगेको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले कार्यदल बनाएको छ ।

  • १२ फाल्गुन २०८२, मंगलवार ११:५३ प्रकाशित