मापसे गरेर स्कुल बस चलाउने पाँचजना सवारीचालक पक्राउ

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा ।

मादक पदार्थ सेवन गरेर पोखरामा स्कुल बस चलाउने पाँच जना सवारी चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले आज बिहान पोखराका विभिन्न स्थानहरुमा गरेको सवारी चेकजाँचका क्रममा उनीहरु कारबाहीमा परेका हुन् ।

यसरी कारबाहीमा पर्नेमा हेभन बोर्डिङ स्कुलका चालक आनन्द परियार, कुमुदिनी होम्सका गौतम गुरुङ र विन्देश्वरी स्कूलका भक्त बहादुर गुरुङ छन् । यस्तै अंजली बोर्डिङका डम्बरबहादुर गुरुङ र एसओस बोर्डिङका चालक पदम विकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

नियन्त्रणमा लिइएका उनीहरुलाई आबश्यक कारबाही प्रक्रिया अघि बढाईएको कास्की प्रहरीले जनाएको छ ।

  • ४ फाल्गुन २०८२, सोमबार १५:२० प्रकाशित