जिल्ला समन्वय समिति कास्कीद्वारा अर्धवार्षिक समिक्षा सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला समन्वय समिति कास्कीले कास्कीमा रहेका विकास निर्माण सम्बद्ध कार्यालयहरूको चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समिक्षा सम्पन्न गरको छ ।

कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उदघाटन गरेका थिए ।

प्रमुख पौडेलले बिगतको कार्यसम्पादनको स्थिति र भावी कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले नियमित कार्यतालिका मुताविक कार्यक्रम आयोजना गरिएको उल्लेख गरे ।

उनले विकासमा भएका व्यवधान हटाउन र कार्यसम्पादनको स्थिति सुधार गर्न कार्यक्रम फलदायी भएको उल्लेख गरे।निरन्तर हुने समीक्षाले कमीकमजोरी सुधार्न सहयोग हुने भन्दै पौडेलले विगतका कमीकमजोरी सुधार्दै सवल कार्य सम्पादनमा ध्यान दिन सरोकारवाला कार्यालयहरूलाई आग्रह गरे ।

काम ,क्रियाकलाप र जिम्मेवारी ,कार्यसम्पादनको अवस्था र गुणस्तर लगायतका विषयमा विभिन्न १५ कार्यालयहरूले आफ्नो कार्यालयहरूको विवरण प्रस्तुत गरेका हुन् ।

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय मुग्लिन पोखरा सडक आयोजना पश्चिम खण्ड संघीय आयोजना कार्यान्वयन इकाई सडक डिभिजन कार्यालय ,खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना, डिभिजन वन कार्यालय,जलस्रोत तथा सिंचाई विकास कार्यालय कास्की पूर्वाधार विकास कार्यालय गण्डकी ,नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र ,नेपाल टेलिकम ,पोखरा शहरी विकास तथा भवन कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ,पूल सेक्टर लगायतले आफ्नो कार्यालयको कार्य प्रगतिको समिक्षा विवरण पेश गरेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य सितादेवी विश्वकर्मा र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।

  • २८ माघ २०८२, बुधबार १६:०५ प्रकाशित