रामेछाप दुर्घटना : मृतक संख्या ६ पुग्यो, उद्धार गर्न सशस्त्रको गोताखोर परिचालन

केन्द्रभाग मिडिया

काठमाडौं।

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस तामाकोशी नदीमा खस्दाँ ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । सेलेघाटमा यात्रुवाहक बस दुर्घटना भएको स्थानमा उद्धार गर्न सशस्त्रको गोताखोर परिचालन गरिएको छ ।

विपद् व्यवस्थापन बेश खुर्कोट, सिन्धुलीबाट १० जना गोताखोर दुर्घटनास्थलमा परिचालन गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी)शैलेन्द्र थापाले बताए ।

मङ्गलवार काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस तामाकोशीमा खसेको थियो । मन्थली नगरपालिका स्थित सेलेघाटमा भएको दुर्घटनामा परेर अहिलेसम्म ६ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा २ जना पुरुष र ४ जना महिला छन् । ५ जना घाइतेलाई प्रहरीले उद्धार गरेर खुर्कोट स्थित सामुदायिक अस्पतालमा पठाएको छ ।

दुर्घटना स्थलमा रामेछापका डीएसपी भोला भट्ट नेतृत्वको टिम खटिएको छ ।

  • २७ माघ २०८२, मंगलवार १३:५१ प्रकाशित