पोखरा ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ ।
सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।














