काठमाडौं ।
चर्चित अभिनेता सुनिल थापाको पोस्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आइतबार बिहान उनको शवको पोस्टमार्टम भएको अस्पताल स्रोतले जानकारी दिएको छ । पोस्टमार्टम रिपोर्टअनुसार थापाको हृदयघातबाट निधन भएको पाइएको स्रोतको भनाइ छ ।
एक चिकित्सको अनुसार हृदयघात भएर मुटुको नसा ब्लक भएका कारण मृत्यु भएको देखिएको छ।
६८ वर्षीय थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्तपालका निधन भएको थियो । बिहान स्वास्थ्यमा समस्या भएपछि थापालाई अस्पताल लगिएको थियो ।















