पोखरा ।
हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ । पछिल्लो चौबीस घन्टामा देशका विभिन्न भागमा छिटपुट वर्षा पनि भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने छ । हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ।
देशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहने महाशाखाले जनाएको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।














