हिमपातपछि लोमान्थाङमै रोकिए कन्टेनर

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

हिउँ परेपछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका(४ स्थित नेचुङ भन्सारमा कन्टेनरहरू रोकिएका छन् ।

सोमबार साँझ सामान लिन गएका कन्टेनरहरू राति भारी हिमपात भएपछि कोरला नाकामै रोकिएका हुन् । मंगलबार र बुधबार देशका हिमाली तथा उच्च पहाडी भूभागमा हिमपातसँगै वर्षा भएको छ । यो वर्षको पहिलो हिउँदे वर्षा र हिमपात भएपछि हिमाली तथा उच्च पहाडी भेगका किसानहरू भने खुसी भएका छन् ।

  • १५ माघ २०८२, बिहीबार १५:०१ प्रकाशित