मेयर बालेनले पठाए जाँचबुझ आयोगमा तीन पेज लामो लिखित जवाफ

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगमा लिखित जवाफ पेस गरेका छन् । उनले सोमबार नै आयोगले सोधेको प्रश्नमा केन्द्रित रहेर ३ पेज लामो लिखित जवाफ दिएका हुन् ।

शाहले सोमबार अपराह्न ४ बजे आयोगमा १५ वटा प्रश्नको ३ पेज लामो लिखित जवाफ बुझाएको उनको सचिवालयले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी नेता प्रचण्डलाई आफ्नो भनाइ राख्न पत्र पठाएको आयोगले काठमाडौँ महानगरपालिकाका मेयर शाहलाई पनि प्रश्नावली सहितको पत्र पठाएको थियो ।

  • २२ पुष २०८२, मंगलवार १५:२२ प्रकाशित