वीरगन्जमा बढ्यो कर्फ्युको अबधि

केन्द्रभाग मिडिया

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा कर्फ्युको अबधि बढाएको छ । आज बिहान ८ बजेसम्म रहेको कर्फ्यु अबधि बढाएर दिउँसो १ बजेसम्म निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

कर्फ्युको समयमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने जिल्ला प्रशासनले प्रष्ट पारेको छ । वीरगञ्जको स्थिति तनावपूर्ण बनेपछि कर्फ्यु आदेश जारी गरिएको हो ।

सीडीओ भोला दाहालले एक विज्ञप्ति जारी गर्दै कर्फ्युको समय थप गरिएको जनाएका हुन् ।

‘कर्फ्युको बेलामा सुरक्षाकर्मीले देख्नेबित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन र निस्कनुपर्दा सुरक्षाकर्मीसँग समन्वय वा १०० मा फोन गरी बाहिर निष्कन अनुरोध छ’ विज्ञप्तिमा भनिएको छ ।

टिकटकमा पोस्ट गरिएको एउटा भिडियोलाई लिएर मुस्लिम र हिन्दू समूहबीच वीरगन्जमा केही दिनदेखि तनाव बढ्दै गएको थियो । सोही तनावलाई कम गर्न स्थानीय प्रशासनले सोमबारदेखि कर्फ्यु लगाएको हो ।

 

  • २२ पुष २०८२, मंगलवार १०:२२ प्रकाशित