पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा गण्डकी ११० मध्ये जम्मा १० जनाको नाम समेटिएको छ ।
रास्वपा मुस्ताङका जिल्ला सभापति सुरेश गुरुङ, स्याङ्जाका भूमिबहादुर गुरुङ, तनहुँका मनकाजी श्रेष्ठ, डा। रूपक विक घिमिरे र किशोर गन्धर्व, गोरखाकी एलिजा गुरुङ, कास्कीकी विष्णुकुमारी गुरुङ र समिउन मुस्लिम, म्याग्दीका दिपककुमार बोगटी, बाग्लुङका कलाकार प्रकाश सपुतलाई समानुपातिक उम्मेदवारको सूचीमा समेटेको गण्डकी प्रदेश महामन्त्री नवीन त्रिपाठीले जानकारी दिए ।
प्रदेशका ११ जिल्लामध्ये तनहुँबाट मात्रै ३ जना र कास्कीबाट २ जना परेका छन् । रास्वपाको आधार क्षेत्र बनेको नवलपुरबाट भने एकजना पनि समानुपातिक उम्मेदवार समेटिएका छैनन् । प्रदेश सभापति राजन गौतमका अनुसार रास्वपाले गण्डकी प्रदेशलाई समानुपातिकमा १३ जना कोटा तोकेको थियो ।
रास्वपामा उज्यालो नेपाल पार्टी र काठमाडौँका मेयर बानेन्द्र ९बालेन० साहको समूह गाभिएको छ । यसले गर्दा पनि उम्मेदवार तलमाथि परेको बताइएको छ । बन्दसूचीमा रहेका प्रकाश सपुत बालेन साहको टीमबाट परेको बताइएको छ ।















