काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बजेट अभावका कारण सबै सडक मर्मत सम्भार गर्न नसकेको बताएका छन् । मन्त्री घिसिङले २३ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री घिसिङले यस्तो बताए ।
ुसडकको अवस्था सुधार गर्नुपर्ने सडक धेरै छन् । यसको मर्मत सडक बोर्डले आफ्नो जिम्मेवारी बहन गरेको छु मन्त्री घिसिङले भने,’तर बजेटको लिमिटेशनका कारण मर्मत सम्भार गर्न सकिएको छैन ।’
संघ, प्रदेश र स्थानीय तहबाट सडक मर्मत भइरहेको उनको भनाइ छ । ‘तर बजेट अभावमा समयमै मर्मत सम्भार गर्न सकिरहेका छैनौ,’ मन्त्री घिसिङले भने,’धेरै सडक मर्मत सम्भार गर्न नसकेकै कारण जनतामा ठुलो आक्रोश छाएको छ ।’यस्तै आगामी वर्षमा बजेट दायरा बढाउनुपर्ने पनि बताए ।
साथै केहि सडक मर्मतमा निर्माण व्यवसायीका कारण पनि ढिला भएको उनको भनाइ छ ।














