शीतले सडक चिप्लो भएपछि दाउन्नेमा यातायात अवरुद्ध

केन्द्रभाग मिडिया

बुटवल ।

शीतलहरले सडक चिप्लो भएपछि पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा सवारी साधन आवागमन बन्द भएको छ ।

दाउन्ने खण्डको उकालो र ओरालोमा शीतलहरले बाटो भिज्दा गाडी चिप्लिएर गुड्न नसकेपछि १५ घण्टादेखि गाडी चल्न नसकेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी नायव निरीक्षक ज्ञानप्रसाद काफ्लेले बताए ।

सडकमा गाडी गुड्न नसकेपछि बर्दघाट र दुम्किबासतर्फ गाडीको ठूलो लाम लागेको काफ्लेले बताए । शीतलहर कम भएपछि सडक खुल्ने प्रहरीले जनाएको छ ।

निर्माणाधीन बुटवल नारायणगढ सडकखण्ड अन्तर्गत अन्य ठाउँमा सहज भए पनि दाउन्नेमा अझै काम बाँकी छ ।

  • १५ पुष २०८२, मंगलवार १२:०३ प्रकाशित