काठमाडौं ।
प्रभु बैंकका सीईओ अशोक शेरचनलाई रिहा हुने भएका छन् । विशेष सरकारी वकिलको कार्यालयले शुक्रबार उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको हो ।
विशेष सरकारी वकिल कार्यालयका सूचना अधिकारी सहायक न्यायाधिवक्ता सरिता पोख्रेलले उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको जानकारी दिइन् ।
‘उहाँलाई अब म्याद थप नगर्ने निर्णय भएको हो । उहाँलाई हाजिरी जमानीमा रिहा हुनुहुनेछ’ उनले भनिन् ।उनी मंसिर १४ गते पक्राउ परेका थिए । २७ दिनको हिरासत बसाइँपछि उनी रिहा भएका हुन् ।














