काठमाडौं ।
कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनले ७० औं स्थापना दिवस मनाएको छ ।
सोमबार रामशाहपथमा पहिलो बार कार्यसमितिमा रहेका कार्यसमिति सदस्यहरुको तस्वीरमा मार्ल्यापण गरेर बार डे मनाइएको हो ।कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत लगाएत मार्ल्यापण कार्यक्रममा सहभागी भएका थिए ।
बार एसोसिएशनका अध्यक्ष डा। विजयप्रसाद मिश्रले बार दिवस–२०८२ बिभिन्न कार्यक्रमको आयोजना गरि देशैभरका कार्यालयहरुमा मनाइएको जानकारी दिए ।
उनले नेपालको न्यायापालीकालाई स्वच्छ, निष्पक्षका साथै मुलुकमा संविधानबाद स्थापनाका लागि बार सदैव तत्पर रहेको बताए ।२०१३ साल पुस ७ गते स्थापना भएको बार एशोसिएशनले प्रत्येक वर्ष पुस ७ गते बार डे मनाउदै आएको छ ।














