१०७ वर्षीया झ्याउरी र १०४ वर्षीय काँशीनाथ पोखराका मातापिता

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाले महानगरभित्र रहेका सबैभन्दा जेष्ठ नागरिकलाई महानगर माता र पिताको रुपमा सम्मान गरेको छ ।

महानगरले आफ्नो ६७ औं स्थापना दिवशको अवसरमा पोखरा महानगरपालिका वडा नम्बर २८ की १०७ वर्षीया झ्याउरी तिमिल्सिनालाई महानगर माताको रुपमा सम्मान गरेको हो । यसैगरी पोखरा ३२ का १०४ वर्षीय काँशीनाथ पण्डीतलाई महानगर पिताको रुपमा सम्मान गरेको हो ।

स्थापना दिवश समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र महानगरका प्रमुख धनराज आचार्यले उनीहरुलाई दोसल्ला, ताम्रपत्र र नगदसहित महानगर मातापिताको रुपमा सम्मान गरेका हुन् ।

  • २ पुष २०८२, बुधबार १६:२३ प्रकाशित