काठमाडौं ।
जेनजी आन्दोलन जाँचबुझ आयोगले आगामी साता राजनीतिक स्तरका नेतालाई बयानका लागि बोलाउने तयारी गरेको छ ।आयोग अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुधबार भेटेर यो जानकारी गराएका हुन् ।
उनले आयोगको म्याद एक महिना थप्न प्रधानमन्त्रीलाई आग्रह समेत गरेका थिए । यसअघि मन्त्रिपरिषद बैठकले भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको थियो ।















