पोखरा ।
आज पनि अमेरिकी डलरको विनिमयदर बढेर हालसम्मकै सबैभन्दा महँगो बनेको छ । त्यसैगरि अस्ट्रेलियन डलर, युरो, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य आज पनि बढेको छ। आज पाउन्डको भाउ भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९९ पैसा छ ।
हिजो अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ३० पैसा र बिक्रीदर १४४ रुपैयाँ ९० पैसा थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।
हिजो बढेर अहिलेसम्मकै महँगो बनेको अमेरिकी डलरको विनिमयदर आज फेरि थप बढेको हो ।
त्यसैगरि आज युरो १ को खरिदर १६९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९५ पैसा छ। हिजो युरो १ को खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८२ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ १२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ९२ पैसा थियो । आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ १९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ १० पैसा र बिक्रीदर ९६ रुपैयाँ ५० पैसा थियो।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ ५८ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ५४ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ ४० पैसा र बिक्रीदर ४७२ रुपैयाँ ३६ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ५६ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ३८ पैसा थियो ।















