अमेरिकी र अस्ट्रेलियन डरलरसहित यी मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज (मंगलबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनासहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ ।हिजो अमेरिकी डलरको भाउ स्थिर हुँदा युरो, पाउन्ड, कुबेती र बहराइन दिनारको भाउ घटेको थियो । विगत केही दिनदेखि अस्ट्रेलियन डलरकोभाउ भने लगातार बढ्दै आएको छ ।

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा थियो। यही मंसिर १८ गते अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा पुगेको थियो । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।

त्यसैगरि आज युरो १ को खरिदर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २३ पैसा छ । हिजो युरो १ को खरिदर १६७ रुपैयाँ २८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९८ पैसा थियो । आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३४ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३३ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९५ रुपैयाँ ५० पैसा र बिक्रीदर ९५ रुपैयाँ ८० पैसा थियो । त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४७० रुपैयाँ ४१ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४६८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४७० रुपैयाँ ०१ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ १० पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ७० पैसा थियो ।

  • २३ मंसिर २०८२, मंगलवार ०९:३३ प्रकाशित